• होमपेज
  • समाचार
  • पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

  • आइतवार, भदौ १३, २०७८
पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार