• होमपेज
  • समाचार
  • मोटरसाइकल चोरीको अभियोगमा युवक पक्राउ

मोटरसाइकल चोरीको अभियोगमा युवक पक्राउ

  • शनिबार, भदौ १२, २०७८
मोटरसाइकल चोरीको अभियोगमा युवक पक्राउ

ताप्लेजुङ — मोटरसाइकल चोरीको अभियोगमा ताप्लेजुङका एक युवक परेका छन् । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–५ पापुङ बस्ने पासाङ तेम्वा शेर्पा रहेका छन् ।

फुङ्लिङ नगरपालिका–४ शान्ति टोल बस्ने लक्ष्मी पौडेलको मे९प ८२१० को पल्सर मोटरसाइकल गत २८ चैतमा चोरी भएको थियो । उनले त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिएकी थिइन् ।

शेर्पा शुक्रबार मोटरसाइकलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।

मोटरसाइकल मेरिङदेन गाउँपालिका६ नाल्वो लुकाई राखेको अवस्थामा फेला परेको हो ।

चर्चामा

सम्बन्धित समाचार