• होमपेज
  • समाचार
  • माछा मार्ने क्रममा डुबेर धनुषामा एक युवकको मृत्यु

माछा मार्ने क्रममा डुबेर धनुषामा एक युवकको मृत्यु

  • शनिबार, भदौ १२, २०७८
माछा मार्ने क्रममा डुबेर धनुषामा एक युवकको मृत्यु

धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

ह्युम पाइपबाट पानी निकास हुने ठाउँमा बनेको खाल्डोमा माछा मार्ने क्रममा सबैला नगरपालिका–१२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा नम्बर २ स्थित वीरेन्द्रबजार महिनाथपुर सडक खण्डमा पानी निकासका लागि जडान गरिएको ह्युम पाइप छेउमा बनेको खाल्डोबाट शुक्रवार बेलुकी ५ बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।

सदा बिहानै त्यहाँ माछा मार्न गएको र बेलुकीसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा उनको शव फेला परेको उनले बताए।

सदालाई छारे रोग लागेको र बेहोस भइ पानीमा डुबेको हुनसक्ने परिवारजनले आशंका गरेको प्रहरी निरीक्षक सिग्देलले बताए। पोष्टमार्टमका लागि अहिले उनको शव प्रादेशक अस्पताल जनकपुरमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार