
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका वडा उपाध्यक्ष २५ वर्षीय सन्तोष गिरीमाथि खुँडा प्रहार गरिएको छ।
प्रहरीका अनुसार शुक्रबार बेलुकी ६ बजेतिर वीरेन्द्रनगरको धमला चोकको एक कटेजमा घटना भएको हो। मोटरसाइकलमा आएको एक समूहले गिरीमाथि खुँडा प्रहार गरेको बताइएको छ। गिरीको वीरेन्द्रनगरको माया नर्सिङ होममा उपचार भइरहेको र घटनाबारे थप कुरा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले छ।
