• होमपेज
  • समाचार
  • खोलामा बगेर महिलाको मृत्यु, बालिका बेपत्ता

खोलामा बगेर महिलाको मृत्यु, बालिका बेपत्ता

  • शनिबार, भदौ १२, २०७८
खोलामा बगेर महिलाको मृत्यु, बालिका बेपत्ता

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका-६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु भएको छ भने बालिका बेपत्ता भएकी छन् ।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा सञ्जुको मृत्यु भएको हो भने उनीसँगै रहेकी अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएकी छन् । बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुलेको छैन ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको बताए ।

चर्चामा

सम्बन्धित समाचार