• होमपेज
  • समाचार
  • ४ वर्षीय बालक मृत फेला

४ वर्षीय बालक मृत फेला

  • शुक्रबार, भदौ ११, २०७८
४ वर्षीय बालक मृत फेला

दाङमा एक ४ वर्षीय नाबालक बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका-२ साईपुरस्थित साईपुर सिचाई नहरमा सोही ठाउँ बस्ने कमला पुनको छोरा ४ वर्षीय विशाल पुन मृत अवस्थामा फेला परेका हुन् ।

यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार