• होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मन्त्री शाहले कार्यकक्षमै दुर्व्यवहार गरेको बाजुराका युवाहरुको आरोप

सुदूरपश्चिमका मन्त्री शाहले कार्यकक्षमै दुर्व्यवहार गरेको बाजुराका युवाहरुको आरोप

  • बुधबार, भदौ ९, २०७८
सुदूरपश्चिमका मन्त्री शाहले कार्यकक्षमै दुर्व्यवहार गरेको बाजुराका युवाहरुको आरोप

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले कार्यकक्षमै अभद्र व्यवहार गरेको आरोप लागेको छ। मन्त्रीको गृहजिल्ला बाजुराका युवाहरुले यस्तो आरोप लगाएका हुन्। सहयोगका लागि मन्त्री शाहलाई भेट्न जाँदा दुर्व्यवहार गरेर फर्काइएको रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकायाले बताए।
‘सि डिभिजन फुटवलको क्वालिफाई खेल्नका लागि बाजुराबाट हाम्रो क्लब छनोट भएको छ,’ उनले भने, ‘बाजुराबाटै निर्वाचित भएर मन्त्री हुनुभएको थियो। केही सहयोग हुन्छ की भनेर भेट्न गएका थियौँ। तर उल्टै दुर्व्यवहार गरेर फर्काइएको छ।’ क्लबका सल्लाहकार सदस्य डेनिष शाहीले पनि मन्त्रीबाट दुर्व्यवहार भएको आरोप लगाए। ‘हामीले सहयोगका लागि आग्रह गरेका थियौँ,’ उनले भने, ‘अहिलेसम्म तेरा जनप्रतिनिधिले के गरेका छन् ? तैले मलाई पढाउन पर्दैनभनेर कार्यकक्षमै थर्काइयो।’
यता मन्त्रीका स्वकिय सचिव जंग बिकले भने दुर्व्यवहार नभएको बताए। ‘सहयोग माग्नका लागि साथीहरु आएका थिए। मन्त्री ज्यूले मन्त्रालयबाट त सहयोग गर्न मिल्दैन तर व्यक्तिगत रुपमा सहयोग गर्छु भन्नुभएको थियो। दुर्व्यवहारको कुरामा सत्यता छैन’ उनले भने।
दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार