• होमपेज
  • बाजुरा बिशेष
  • बिद्युत्त कार्यालय कर्मचारी माथि भएको दुब्याबहार प्रति एमाले भातृ संगठनले बुझाए बिज्ञप्ती

बिद्युत्त कार्यालय कर्मचारी माथि भएको दुब्याबहार प्रति एमाले भातृ संगठनले बुझाए बिज्ञप्ती

  • बुधबार, भदौ ९, २०७८
बिद्युत्त कार्यालय कर्मचारी माथि भएको दुब्याबहार प्रति एमाले भातृ संगठनले बुझाए बिज्ञप्ती

बाजुरा — नेकपा एमालेका भातृ संगठनहरुले बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । मार्तडी बिद्युत्त कार्यालयका कर्मचारी माथि भएको दुब्याबहार प्रति युथर्फो बाजुरा, यूवा संघ नेपाल बाजुरा र अनेरास्वबियू बाजुराले संयूक्त रुपमा प्रेस बिज्ञप्ती बुझाएको अनेरास्वबियू जिल्ला अध्यक्ष राजिब रोकायाले बताएका छन् ।
तीन ओटा संगठनले दिएको प्रेस बिज्ञप्तीमा भनिएको छ  भाद्र ७ गते राति बिद्युत्त कार्यालयका कर्मचारीहरु माथि भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषिलाई कानूनी दायरामा ल्याई कार्बाही गरियोस उल्लेख गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष निगरानीमा रहेका आफ्नो मातहतका कार्यालय तथा कर्मचारी माथि धम्की र साँघातिक हमला गरेर संघिय सरकारको प्रतिनिधिमुलक निकायका रुपमा रहेको स्थानीय प्रशासनलाई सुरक्षाको माग गर्दा समेत सुरक्षा नदिएको र व्यवस्था गरिएको अवस्थाले सरकारको उपस्थिति र भुमिका प्रति संघिय प्रश्नहरु उब्जीएको बताएका छन् ।
समग्र कार्मचारीको अभिभावकीय जिममेवारी समालिरहेको जिल्ला प्रशासन तथा प्रमुख जिल्ला अधिकारीलाई पुर्व सुचना हुँदा समेत सुरक्षा संयन्त्र परिचालन नगरेकाे  बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
आफ्नो ज्यान बचाउनका लागि नाङ्गै प्रमुख जिल्ला अधिकारीको सरणमा आउदा समेत कुटपिट गर्ने घटनाका दोषीलाई खोजी गरी कार्वाहीको दायरामा नल्याएको यी तमाम मानव अधिकारसंग जोडीएका गम्भीर अनि समवेदनशी घटनामा प्रशासन कार्यालय मौन बसेको बताएका छन् ।
संघिय सरकारको आडमा सरकार पक्षका जनप्रतिनिधिको प्रत्यक्ष संलग्नतामा गुण्डाहरु परिचालन गरेर उपद्रो मच्चाएको डन प्रबृतीको संरक्षणमा प्रधानमन्त्री र गृह मन्त्रालयको सचिवालयबाट स्थानीय प्रशासनलाई फोन मार्फत घटनाका दोषि तथा सामाजिक शान्तिलाई खलल पुर्‍याउने तत्वलाई उन्मुक्ति दिलाउन प्रभावमा पारीएको घटना लज्जास्पद र राज्य तथा सरकारको जनता प्रतिको उदासिनता र गैरजिम्मेवारी भएको बताएका छन् ।

No description available.
प्रेस बिज्ञप्ती बुझदै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आफू कसैको दबाबमा न भएको र कोही कसैको फोन नआएको बताएका छन् । बिद्युत्त कार्यालका कर्मचारीहरु माथि भएको दुब्यबहारमा पीडितलाई बुझ्दा पीडक र पीडित दुबै आत्मालोचित भएर सामान्य बिबाद भएको भन्दै मिलेकोले आफुले केही नगरेको बताए ।
यूवाहरुले यस्तो बिषयमा सजकता अपनाउनु पनि राम्रो बिषय हो । यसरी बिषय उठान गर्दा गल्ति गर्ने तथा कार्य सम्पादन गर्ने निकाएले पनि गल्ति सच्याउन मदत्त पुग्ने गरेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार