• होमपेज
  • समाचार
  • सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

  • बुधबार, भदौ ९, २०७८
सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको छ । उनीहरु भारतिय बीआर–३० जे ३०८० नम्बरको मोटरसाइकलको लेगगार्डमा झोलामा लुकाएर पेस्तोल बोकेर हिँडेका थिए । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेकाे बताए ।

चर्चामा

सम्बन्धित समाचार