शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा माओबादी केन्द्र बाजुराको ईन्चार्जकाे जिम्मेवारी पुर्व राज्यमन्त्री बिकलाई

नेकपा माओबादी केन्द्र बाजुराको ईन्चार्जकाे जिम्मेवारी पुर्व राज्यमन्त्री बिकलाई

  • बुधबार, भदौ ९, २०७८
नेकपा माओबादी केन्द्र बाजुराको ईन्चार्जकाे जिम्मेवारी पुर्व राज्यमन्त्री  बिकलाई

बाजुरा — नेकपा माओवादी केन्द्रले बाजुराको ईन्चार्जकाे रुपमा पुर्ब राज्य मन्त्री समेत रहेको कर्ण बहादुर बिक केशवलाई जिल्ला जिम्मेवारी दिएको छ । नेकपा माओवादी केन्द्रले देशभरका सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन समेत गरेको छ ।

हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । केन्द्रीय समिति बैठकको यसअघिको निर्देशन अनुसार नेताहरुलाई विभिन्न जिम्मेवारी यो स्थायी समिति बैठकबाट बाँडफाँट गरिएको हो ।

जस अनुसार बाजुराको ईन्चार्जकाे रुपमा पुर्ब राज्य मन्त्री समेर रहेको कर्ण बहादुर बिक केशवलाई जिल्ला इन्र्चाजको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्रले जनाएकाे छ । संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निणर्य यसअघि नै लिइसकेको अबस्थामा जिल्ला ईन्चार्जकाे जिम्मेवारीमा केशब बिकले पाएका छन ।

को हुन केशव ?

२०३८ सालमा बाजुरा जिल्लाको दुर्गम गाउँ साबिक गोत्री गाबिस वडा न ८ मा उनको जन्म भई हाल नेकपा माओबादी केन्द्रको अग्रमोर्चाको राजनिति यात्रा तय गरी बिभिन्न जिम्मेवारीमा रहदै आएका छन ।

बुवा धनमल बिक र आमा अम्मकला वि.कको कोखमा जन्मिएका बिक भुमीगत रुपमा नेकपा माओबादी केन्द्रको राजनितीमा अग्रपन्ती रुपमा रहदै आएका छन । केशव बिक संगै उनकि श्रीमती बिनिता बिक पनी राजनितीमै हुमीएकी छन ।

राजनीति संलग्नता 

वि.सं २०४६ सालबाट अनेरास्ववियूमा संगठित हुदै, समाजमा भएको असमानता बिरुद्ध सचेतना गर्ने अभियानमा उनले अग्रणी भुमिका निर्बाह गरेको देखीन्छ । वि.सं २०५१ मा उत्पीडीत दलित जातीय मुक्ति समाजको इलाका सचिवको जिम्मेवारी पाए देखी हाल सम्म बिभिन्न मोर्चामा उभिएर राजनितीमा लागेका बिक द्धन्द्ध कालमा भुमिगत समेत भएका थिए । एक निडर नेताको रुपमा चिनिने नेता बिक वि.सं २०५३ सालमा तात्कालीन ने.क.पा  माओवादी केन्द्रमा संगठित भएर हाल सोही पाटीको मुलधारमा रहेका छन ।

वि.सं २०५४ सालमा ने.क.पा माओवादीको सेल कमिटि सदस्य र दलित मुक्ति मोर्चाको एरिया सदस्य र पछि एरिया अध्यक्ष समेतको जिम्मेवारी समेत कुशलता पुर्वक गरेको बताएका छन । २०५५ सालमा भुमिगत भएका बिक २०५५ सालमा पार्टीको एरिया कमिटी सदस्य भएका थिए ।

२०५६ सालमा कालिकोट बाजुरा दलित मुक्ति मोर्चा जिल्ला उपाध्यक्ष, त्रिवेणी कलाकारको संयोजक ,पार्टीको सेल इन्चार्ज मोर्चाको भेरी कणर्ाली उपक्षेत्रीय सदस्य समेतको जिम्मेवारी बहन गर्ने अबसर जुटेको बिकले बताएका छन ।
२०५८ सालमा पाटी एरिया सेक्रेटरी/कालीकोट/ बाजुरा जिल्ला जनसरकार सदस्य जनमुक्ति सेनाको प्लाटन कमिसार र २०५९ सालमा एरिया ईन्चार्ज र २०६० र २०६२ सालमा बाजुरा जिल्ला जनसरकार प्रमुख हुदै पार्टी जिल्ला सचिवालय सदस्य, सेती महाकाली संघिय राज्यको सदस्य, सेती महाकाली राष्ट्रिय मूक्ति मोर्चा केन्दीय सदस्य समेत भईसकेका छन ।

त्यसै गरी वि.सं २०६२ सालमा जनमुक्ति सेनाको कम्पनी कमिसर पार्टीको व्युरो सदस्य समेतको जिम्मेवारीमा रहेका थिए । वि.सं २०६३ सालमा वाइसिएल जिल्ला अध्यक्ष र पार्टीको व्युरो सदस्य पदमा रहेर जिम्मेवारी समेत पाइसकेका थिए । वि.सं २०६४ सालमा सेती माहाकाली राज्य कार्यालय सचिव र राज्य समिति सदस्य, वि.सं २०६६ सालमा बाजुरा जिल्ला ईन्चार्ज/राज्य समिति सचिवालय सदस्य, वि.सं २०६७ सालमा पार्टी राज्यमा मकजदुर संगठनको फ्याक्यन ईन्चार्ज समेत भइसेका छन ।

वि.सं २०६८ देखी २०७० सालमा पार्टी जिल्लाको संयोजक / पाटीको केन्द्रको एनजिओ विभागमा समेत रहेका थिए । त्यसै गरी २०७० सालको निर्वाचनमा संविधान सभा सदस्य हुदै २०७४ सालमा भाद्र ४ गते नेपाल सरकारको आपूर्ति राज्य मन्त्री समेत भइसकेका बिकले यति बेला जिल्ला ईन्चार्जकाे जिम्मेवारी समेत पाएका छन । माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने पनि अध्यक्ष प्रचण्डले गरेको आन्तरिक परिपत्रमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार