• होमपेज
  • समाचार
  • घुस रकमसहित प्रहरी हवल्दार पक्राउ

घुस रकमसहित प्रहरी हवल्दार पक्राउ

  • बुधबार, भदौ ९, २०७८
घुस रकमसहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं — एक प्रहरी हवल्दार घुससहित पक्राउ परेका छन्। महोत्तरीको गौशालाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार घुससहित पक्राउ परेका हुन्।

मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले गौशाला नगरपालिका ४ बाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार राजीव शरण साहलाई पाँच हजार घुस रकमसहित पक्राउ गरेको हो। साहलाई थप अनुसन्धानको लागि आयोगको कार्यालय बर्दिबास लगिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार