• होमपेज
  • समाचार
  • जुवा खेलिरहेका ६ जना पक्राउ

जुवा खेलिरहेका ६ जना पक्राउ

  • मङ्लबार, भदौ ८, २०७८
जुवा खेलिरहेका ६ जना पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। सोमबार राति भीमदत्त नगरपालिका–६, स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवाको खालबाट नगद ४४ हजार ४ सय ९५ रुपैयाँसहित पक्राउ गरिएको हो।

उनीहरु त्यहाँ जुवा खेल्न जाँदा प्रयोग गरेको र बाहिर पार्किङ गरेका तीन वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

चर्चामा

सम्बन्धित समाचार