• होमपेज
  • समाचार
  • भीरबाट लडेर वृद्धको मृत्यु

भीरबाट लडेर वृद्धको मृत्यु

  • मङ्लबार, भदौ ८, २०७८
भीरबाट लडेर वृद्धको मृत्यु

पाँचथर — फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ।

सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो।

उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार