धनगढी — भीम रावलसहित नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका छन्। लामो समय माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलसहितका १० स्थायी कमिटी सदस्य बैठकमा उपस्थित भएका हुन्।
रावल, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा बैठकमा पुगेका हुन्।
उनीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै पछिल्लो समय एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।