• होमपेज
  • समाचार
  • बझाङमा हाड नातामा बिहे गर्ने महिला पक्राउ

बझाङमा हाड नातामा बिहे गर्ने महिला पक्राउ

  • मङ्लबार, भदौ ८, २०७८
बझाङमा हाड नातामा बिहे गर्ने महिला पक्राउ

बझाङ — बझाङ प्रहरीले हाड नाता बिहेमा कसुर ठकरिएकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सोपना देवी कामीलाई गत शुक्रबार जिल्लाको बुंगल नगरपालिका–३ दह सिराडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनले रिउलो कामीसँग बिहे गरेको भन्दै मन्धिरे कामी भन्ने गणेश बिकले जाहेरी दिएका थिए। ततपश्चात पक्राउ परेकी उनलाई जिल्ला अदालतले साउन २० गते १ वर्ष कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो।

त्यसपछि फरार सूचीमा रहेकी उनलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई सोमबार कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए।

चर्चामा

सम्बन्धित समाचार