बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • साइकलको यात्रा गर्दै बडिमालिकामा साइकल यात्रीको टोली

साइकलको यात्रा गर्दै बडिमालिकामा साइकल यात्रीको टोली

  • सोमवार, भदौ ७, २०७८
साइकलको यात्रा गर्दै बडिमालिकामा साइकल यात्रीको टोली

बाजुरा–धार्मीक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा साइकल यात्रीको टोलि बडिमालिका पुगेर फिर्ता भएको छ । धनगढीबाट निस्किएको साइकल यात्रीको टोली बाजुराको बडिमालिका पुगेको हो । समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको बडिमालिकामा साइकलको यात्रा गर्दै भरतविक्रम शाह नेतृत्वको टोली पुगेको हो ।
भदौ ६ गते बडिमालिकामा लाग्ने मेलामा साइकलको यात्रा गर्दै बडिमालिका पुगेर फिर्ता भएको साइकल यात्री भरत बिक्रम शाहले वताएका छन् । ९३ किलोमिटरको दूरी साइकलमा तय गरेको साइकल यात्री शाहले बताए । शाह र काठमाडौँका साइकल यात्री विकास महर्जनले बडीमालिकासम्म नै साइकल पुगाएका हुन् ।
भदौ २ गते सुरु भएको साइकल यात्रा सोमबार साफेबजार पुगेर टुङ्गिएको हो । साइकलको यात्रा सँग साइकल सहित पहिलो पटक बडिमालिका पुुगेका हुन् । धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकामा प्रत्येक बर्ष जैन पुर्णिमाका बेलामा हजारौ दर्शनाथि जाने गर्दछन् । यो बर्ष भने साइकलको यात्रामा साइकल यात्री सहित बडिमालिका मन्दिरमा पुगेको बडिमालिका पुगेका स्थानिय डम्मर उपाध्यायले वताए ।
बडिमालिका शुदुरपश्चिम पर्यटिकय प्रच्चुर सम्भाबनाको उजागरण गर्नका लागि बडिमालिकामा साइकल यात्रा गरेको शाहले वताएका छन् । बडिमालिका पुग्दा उच्च भागमा साइकल यात्राको स्पोटकालागि राम्रो रहेको छ । बडिमालिकालाई अरुलाइ चिनाउनका लागि पनि यो यात्रा गरेको उनिहरुले बताएका छन् । अर्को बडिमालिकामा साइकल पुयाउन सकिन्छ भने हामी किन पुुग्न सकिदैन भनेर पनि साइकल लिएर यात्रा गरेको शाहले वताए ।
बडीमालिका यात्रामा निसर्ग अस्पताल धनगढी र ग्रीन गोदावरीका सदस्यहरुको सहभागिता रहेको शाहले बताए । उनका अनुसार निसर्ग अस्पतालका कुबेर शाही, ग्रीन गोदावरीका रवि भट्ट, दुर्गा अधिकारी, रोशन भट्ट, किरन बोहरा, केशबराज भट्ट सुभाष चन्द, प्रकाश शाही र कुसल बिष्टको समूहले बडीमालिका यात्रा तय गरेका हुन । बडीमालिका तथा त्रिवेणी नगरपालिकाका विभिन्न ठाउँमा निसर्ग अस्पतालले करिव २ लाख बराबरको औषधिसमेत वितरण गरेको शाहीले बताए ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणिय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार