• होमपेज
  • समाचार
  • बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

  • आइतवार, भदौ ६, २०७८
बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार