• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठक शुरु

नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठक शुरु

  • आइतवार, भदौ ६, २०७८
नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठक शुरु

बाजुरा– नेपाल कम्यूनिष्ट पार्टी एमालेको बैठक शुरु भएको छ । सदरमुकाम मार्तडीको अपी होटेमा आईतबार बिहानबाट बैठक सुरु भएको नेकपा एमालेले बताएको छ ।
शनिबार बस्ने भनिएको बैठक बिभिध कारणले आईतबार सारिएको थियो । जिल्ला कमिटी सदस्यहरु बैठक स्थलमा पुग्न ढीलो भएको र बैठकका केही एजेन्टाहरुमा नेताहरु बिच छलफल हुन बाकी रहेकोले आईतबार सारिएको थियो ।
बाजुरा नेकपा एमालेका जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षताबा बसेको बैठकको प्रमुख अतिथि नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा रहेका छन । भने बिशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चिार्ज लालबहादुर थापा रहेका छन ।
नेकपा बिभाजन पछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमालेको बैठकको आयोजना गरिएको नेकपा एमालेले जानकारी दिएको छ । बैठकमा ८० बढी जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको छ र केहीको कार्यब्यस्तताले उपस्थिति हुन नसकेको जानकारी गराएको नेकपा एमालेले बताएको छ ।
बैठकमा नेपका एमालेका केन्द्रिय सदस्यता तथा बाजुरा जिल्ला सह इन्चार्ज प्रकाशबहादुर शाह भने बैठकमा उपस्थित छैन । नेकपा एमालेको माधब नेपाल खेमामा लागेका शाह माधब नेपालको नेतृत्वमा नया पार्टी दर्ता भएसंगै मौन रहेका छन् ।
नेता शाह नेकपा एमालेका उपाध्यक्ष भीम रावलसंग नजिक छन् । रावल पनि माधब नेपालको नया पार्टीमा नगएर मौन बसेका छन् ।

चर्चामा

सम्बन्धित समाचार