
धनगढी — भीदत्त राजमार्ग अन्तरगत डोटीको गोल्डेन नजिक स्कारपियो र मोटरसाइल ठोक्किएका छन्। अछामबाट कैलालीतर्फ आइरहेको प्रदेश ३–०१ २२च१७४९ नम्बरको स्कारपियो र डडेल्धुराको जोगबुढाबाट सदरमुकामतर्फ जाँदै गरेको सुपप्र ०१०८प २४५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनाबाट मोटरसाइल चालक जोगबुडा कटालका बसन्तराज अवस्थी घाइते भएका छन्। ट्राफिक प्रहरी पोष्ट बुडरले अहिले घटनास्थलतर्फ गइरहेको र विस्तृत विवरण केहीबेरमा खुल्ने बताएको छ।
