शुक्रबार, बैशाख १४, २०८१

तीज आयो बरिलै!

  • शनिबार, भदौ ५, २०७८
तीज आयो बरिलै!

देवी पान्डे!

यो बर्षको तीज पनि कोरोनाको कहरमा-२
फेरिपनि सबैलाई स्वागत बरिलै।-३

आधा धर्ति आधा आकाश आजपनि सुनोछ,-२
अधिकार महिलालाई भैन बरिलै।३

छोरा-छोरी बराबरी भनेर केगर्ने-२
सम्पत्तिमा अधिकार छैन बरिलै।-३

भ्रष्टचार बढ्दै गयो देशैभरी आज-२
यो ब्यबस्था अनत्य गर्न उठौँ बरिलै-३

जता पनि महिलामाथी हिंशा र दमन-२
पुरुष प्रधान समाजलाई फालौं बरिलै।-३

कसैका रैत्तिहोईनौँ स्वाभिमानि नारी-२
बिभेदकारी सम्रचनालाई ढालौँ बरिलै।-३

आमा पनि हामि छोरी पनि हामी,
एक आर्काको मर्मलाई बुझौँ बरिलै।-३

हिमाल पहाड तराईका कोई छैनौं पराया-२
उठौं जुटौँ हामि सबै शन्तान बरिलैँ।

तिमि हामि मिलेर नयाँ समाज बनाउँ-२
क्रान्तिकारी नारी पुरुष स्वागत सबैलाई-३
यो बर्षको तिजको स्वागत बिरिलै-३

चर्चामा

सम्बन्धित समाचार