शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • नायिका रेखा थापाले आज जन्मदिन मनाउँदै:टँगालमा खोलेको नयाँ रेष्टुरेन्टमा पार्टी

नायिका रेखा थापाले आज जन्मदिन मनाउँदै:टँगालमा खोलेको नयाँ रेष्टुरेन्टमा पार्टी

  • शनिबार, भदौ ५, २०७८
नायिका रेखा थापाले आज जन्मदिन मनाउँदै:टँगालमा खोलेको नयाँ रेष्टुरेन्टमा पार्टी

अर्थ जङ्ग शाही/बझाङ्ग — नेपाली चलचित्र क्षेत्रकी स्टार नायिका रेखा थापा आज आफ्नो जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन् । अहिलेसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि चलचित्र आफैले निर्देशन समेत गरेकी छन् ।

रेखा अभिनित चलचित्र हिरो, मितिनी, धड्कन, हामी तीन भाई, हिम्मतवाली, किस्मत, मालिका जस्ता चलचित्रहरु दर्शकमाझ निकै लोकप्रिय रहेका छन् । रेखा अधिकाशं चलचित्रहरुमा एक्सन अवतारमा देखिने गर्छिन । एक्सन नायिकाको रुपमा दर्शकमाझ लोकप्रीय बनेकी रेखालाई अहिले नेपाली फिल्मको हिरोका रुपमासमेत लिइने गरिन्छ । रेखाको जन्म वि.सं २०३९ भाद्र ५ गते मोरङको कोशी हरैचामा भएको हो ।

नायिका थापाले आज काठमाडौंमा टंगालमा खोलेको नयाँ रेष्टुरेन्टमा आफ्नो जन्मदिन मनाउँदैछिन् । उनले कोरोना कहरको कारण सिमित आफन्त र साथीभाईहरुसँग बसेर जन्मदिन मनाउन लागेको जनाईन् ।

चर्चामा

सम्बन्धित समाचार