• होमपेज
  • बडिमालिका
  • कोरोना कहरका बिच औषधि र खाद्यन्नमा कालोबजारी

कोरोना कहरका बिच औषधि र खाद्यन्नमा कालोबजारी

  • शनिबार, भदौ ५, २०७८
कोरोना कहरका बिच औषधि र खाद्यन्नमा कालोबजारी

बाजुरा —  कोरोना कहरका बिचमा बाजुरा जिल्लाका ब्यापारीहरुले कालोबजारी गर्न थालेका छन् । ब्यापारीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा बिहिबार सदरमुकाम मार्तडीमा रहेका मेडिकल र अन्य बजार अनुगमन गरिएको छ ।
लगातार बर्षका कारण असार पहिलो साता देखि साफे मार्तडी सडक अवरोध भए देखि व्यापरीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको जिल्ला प्रशाशान कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।
अनुगमनाका क्रममा म्याद सकीएका औषधि र अन्या आद्यन्न बस्तुहरु बरामत गरी नस्ट गरिएको भण्डारीले बताएका छन । एक तिर कोरोनाको कहर रहेको र अर्को तर्फ लगातारको बर्षाका कारण दुई महिना देखी सडक अबरुद्ध हुदा ब्यापारीहरुले महगी बढ्नुका साथै म्याद सकीएका सामन बिक्रि बितरण गर्ने गरेको पाईएको छ ।
अनुगमनका क्रममा बिशेष गरी सदरमुकाममा रहेका मेडीकलहरुले म्यान सकिएका औषधिहरु बिक्री गर्ने गरेको पाईएकोले पहिलो पटक मेडीकलहरुबाट म्याद सकीएका औषधिहरु बरामत गरेर नष्ट गरेका छु । दोस्रो पटक कानून बमोजीम कार्बाही गरिने भण्डारीले बताए ।
बडिमालिका नगरपालिका वडा.न.ं ८ र ९ मा रहेका औषधी र किनारा पसलहरुमो म्याद गुज्रेका औषधी र खाद्य सामाग्री बरामत गरि नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
निरिक्षण अधिकृत निर्देशिका २०५८ अनुसार निरिक्षण अधिकृले नियमित बजार अनुगमन गर्ने, उजुरीलिने, खानतलासीगरी बस्तु रोक्का गरी मिसीलतयार गर्ने र सरकारी वकील कहाँ पठाउने जस्ता कानुनी ब्यबस्था अनुसार बजार अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
म्याद सकीएका सामान विक्रि वितरण गरी कसैको स्वास्थ्यमा असर भयो भने उपभोक्त संरक्षण ऐन २०५४ को दफा २२ अनुसार कारवाही गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।
नेपाल सरकारले कालो वजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २९ वटा वस्तुहरुको मूल्यसूची प्रत्येक थोक तथा खुद्रा विक्रेताले सबैले देखिने गरी विक्री स्थलमा टाँस्नु पर्ने कानूनी व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार