• होमपेज
  • समाज
  • बुवाको चिता सँगै बल्यो ८ बर्षिय नौराजको सपना, कात्रो किन्ने पैसा समेत छैन

बुवाको चिता सँगै बल्यो ८ बर्षिय नौराजको सपना, कात्रो किन्ने पैसा समेत छैन

  • शुक्रबार, भदौ ४, २०७८
बुवाको चिता सँगै बल्यो ८ बर्षिय नौराजको सपना, कात्रो किन्ने पैसा समेत छैन

बाजुरा — शुक्रवार दिउसो बाजुराको कोल्टि नजिकै रहेको दानसागु खोलामा एउटा नाबालक जलिरहेको बुवाको लास तिर हेरेर रोइरहेको थिए । बुढिनन्दा नगरपालिका १ पिपलडाली बस्ने ७ बर्षिय नौराज लुवार ६९ बर्षिय बुवा खले लुवारको लासमा दागबत्ति दिएर जलिरहेको बुवाको लास रुदै हेरिरहेका थिए । चिता बाट धुलोको मुस्लो उडिरहेको थियो । ति नबालकको पनि बुवाको चिता सँगै मन जलिरहेको थियो ।
जन्म र मृत्यु त्यो अपरिहार्य हो कसैले टारेर टरदैन । जन्मने बितिकै एकदिन मृत्यु अनिवार्य छ कसैले रोकेर रोकिने छैन् । तर कसै कसैको मृत्युले परिवार बिच्चलीमा पार्छन्, र समाजनै रुवाएर जान्छन् । यो घटना पनि यस्तै घटना भएको छ । बुवाको मृत्युमा मलामी गएका छोरा नौराज जब बुवा चितामा जलिरहेकी थिए । नौराज एकोहोरो बुवा जलिरहेको चितामा टोलाइरहेका थिए, जसरी चित्ता दनदनी जलिरहेको थियो, त्यसरी उनको मन पनि जलिरहेको थियो । मलामीहरुले उनलाइ सम्झाइरहेका थिए, तर ति नाबालक एकोहोरो बुवा जलिरहेको चितामा हेरिहेका थिए ।
एक नाबालक छोरा, बुवाको लाश जलिरहेको हेरिरहँदा कस्तो पिडा भयो होला । नौराजको आमा सिता लुवार त छन्, । उनि अपांग छन्, राम्रो सँग बोल्न पनि सक्दैन्न । सिता पनि श्रीमानको मृत्युको पिडामा छन् । खले लुवारल साहुको हलो जोतेर ३ जना परिवार पाल्ने गरेका थिए । लामो समय देखी खले लुवार बिरामीले थलिएका थिए, उपचार गर्ने पैसा नभएपछि उनले ज्यान गुमाउनु परेको स्थानिय नरदिप वडले बडिमालिका खबरलाइ बताएका छन् ।
नौराजको एउटा सानो खरले छाएको घर भन्दा बाहेक सम्पत्तिका नाममा अरु केही छैन् । नौराजलाइ कात्रो किन्नलाइ पनि गाउँले सहयोग गरेका थिए । उनलाइ क्रिया खर्च गर्न एक रुपैया पैसा पनि छैन्, अर्को आमा छोरालाई छाक टार्न समेत धौ धौ भएको स्थानियले वताएका छन् । पिलडालि गाउँमा सबै हलिया समुदाय बसोबास गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार