• होमपेज
  • समाचार
  • १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

  • शुक्रबार, भदौ ४, २०७८
१४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

बारामा किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय रुसियन साहले बलात्कार गरेको बारा प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थप अनुसंधानपछि आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार