
धनगढी — भदौ ६ र ७ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको छ। यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो।
सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड अपनाएर सांकेतिक रुपमा मनाउन पनि आग्रह गरे। यस्तै भदौ ६ गते आइतबार जनैपूर्णिमा देशभर बिदा रहेको छ। सरकारले यसअघि नै राजपत्रमा ६ गते बिदा दिने निर्णय प्रकाशन गरिसकेको छ। भदौ ५ गते शनिबार छ।
