
मनसुनी प्रभावका कारण शुक्रबार देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार दिउँसो आज धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ । दिउँसो देशभर बदली रही प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा साममन्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षासँगै देशका अधिकांश स्थानमा बाढी तथा पहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
