• होमपेज
  • राजनीति
  • माधव नेपाल पक्ष जिल्ला कमिटि अध्यक्ष रावल ‘पर्ख र हेर’, सचिब रावत नयाँ पार्टीमा

माधव नेपाल पक्ष जिल्ला कमिटि अध्यक्ष रावल ‘पर्ख र हेर’, सचिब रावत नयाँ पार्टीमा

  • बिहिबार, भदौ ३, २०७८
माधव नेपाल पक्ष जिल्ला कमिटि अध्यक्ष रावल ‘पर्ख र हेर’, सचिब रावत  नयाँ पार्टीमा

बाजुरा — नेकपा एमाले माधव समुृह बाजुरा जिल्ला अध्यक्ष गगन रावल  ‘पर्ख र हेर’ को अबस्थामा रहेका छन् । सचिब पुर बहादुर रावतले भने माधब नेपालले दर्ता गरेको नयाँ पार्टी नेकपा एमाले समाजवादीमा प्रष्ट खुलेको बताएका छन् ।

माधव समुहको बाजुरामा बनेको कमिटिका अन्य नेता तथा कार्यक्रता साता अघि माधव नेपाल पक्षमा सार्वजनिक रुपमै खुलेका भए पनि नेकपा एमाले समाजबादी दर्ता पछि पर्ख र हेरको अबस्थामा पुगेका छन् ।

वैचारिक हिसाबले लामो समय देखि माधव नेपाललाई साथ दिएको भए पनि पार्टी विभाजन पछि साथ दिने वा नदिने निणर्य गर्न नसकेको बाजुरा माधब समुहको रहेकाे बाजुरा जिल्ला कमिटि अध्यक्ष गगन रावलले बताए ।

‘म पर्ख र हेरको अवस्थामा छु’ नेता रावलले भने, ‘माथिल्लो तहका नेताहरुसँग छलफल गर्न बाँकी रहेकोले यो अबस्थामा कोही कसैले बिचलित नहुन समेत आग्रह गरेका छन ।

नेता रावलको निजी निबासमा बडिमालिका खवरले गरको कुराकानीमा अहिलेको अबस्थामा सबैले गम्भिर बनेर सोच्न जरुरी रहेको बताएका छन ।

अध्यक्ष रावलले भने  नेकपा एमालेका उपाअध्यक्ष भिम रावललाई नेता मान्छु उहाले लिएकाे अडान उहाकाे ब्यबाहार प्रति पनि आफु बढी प्रभािबत भएकाे ले उपाध्यक्षा रावल कम्रेडस‌ग पनि कुनै सल्लाह नभएको र अन्य नेता तथा कार्यक्रतास‌ग  छलफल पछि कता जाने भन्ने कुराको टुङ्गो लगाउने रावलले बताए ।

बाजुरा निर्बाचन क्षेत्र ख बाट निर्बाचीत सासंद तथा सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह पनि माधव नेपालको पार्टीमा सामेल हुने/नहुनेबारे निणर्य लिन केही समय लाग्ने एक श्रोतले जनाएको छ । ‘केन्द्रबाट नेताहरुको प्रतिक्रिया के आउँछ, एक/दुई दिन हेर्नु पर्छ,’ श्रोतले जनाएको छ ।

माधब समुहको समानन्तर कमिटिका जिल्ला सचिव पुर बहादुुर रावत भने नेकपा एमाले समाजबादी दर्ता पछि खुलेरै पार्टीमा लागेका छन । रावतसंगको कुराकानीमा केपी ओलीका पछाडी नलाग्ने बताएका छन ।

माधव कुमार नेपाल नेतृत्वले दर्ता गरेको नेकपा एमाले समाजबादी पार्टीलाई पुर्णता दिई अगाडी बढ्ने रावतले बताएका छन । रावतले बडिमालिका खबरसँग थपे जिल्लामा अब नेकपा एमाले समाजबादी बलियो पार्टी बन्ने दाबी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार