• होमपेज
  • बाजुरा बिशेष
  • प्रहरीको लाठी चार्जबाट घाइते बाजुराका विद्यार्थी नेता नरेशकाे फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती

प्रहरीको लाठी चार्जबाट घाइते बाजुराका विद्यार्थी नेता नरेशकाे फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती

  • बिहिबार, भदौ ३, २०७८
प्रहरीको लाठी चार्जबाट घाइते बाजुराका विद्यार्थी नेता नरेशकाे फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती

बाजुरा– दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरी बीच झडप हुँदा दर्जन भन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन्।

झडपमा परेर प्रहरीको लाठी चार्जबाट घाइते भएका बाजुराका घर भएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य नरेश राेकायाकाे फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएको छ।

अस्पतालको बेडमा खिचिएको उक्त फोटोमा नरेशकाे पिठ्युमा सात वटा लाठीका डाम देखिन्छन्। प्रदर्शनीमार्गमा प्रर्दशनकारीहरु  र प्रहरी  बिच भएकाे झडपमा राेकाया घाइते भएका हुन् ।

बाजुरा घर भइ कास्कीबाट अनेरास्वबियुको केन्द्रिय राजनितिमा उदायका रोकाया २०६७ देखी अनेरास्वबियूका केन्द्रिय सदस्यको रुपमा छन् ।

राेकाया घाइते भएकाे फाेटाे उनि प्रति साहानु भुति, स्वास्थ्य लाभकाे कामना र प्रहरीकाे दमनकाे बिराेध गर्दै सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी आरआर क्याम्पस अगाडी निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजे पछि झडप भएको हो।

झडपमा विद्यार्थी संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामीछाने लगायत नरेश रोकाया, उमेश आचार्य, अभिशेक सुवेदी, कमल दंगाना, प्रकाश भुजेल, र जयराम बास्तोला सहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका छन्।

चर्चामा

सम्बन्धित समाचार