• होमपेज
  • समाचार
  • चाँदीका गरगहनासहित एकजना पक्राउ

चाँदीका गरगहनासहित एकजना पक्राउ

  • बिहिबार, भदौ ३, २०७८
चाँदीका गरगहनासहित एकजना पक्राउ

बारा — प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार