• होमपेज
  • देश
  • नयाँ पार्टी दर्ता गर्न जसपा ठाकुर पक्षीय नेताहरु निर्वाचन आयोगमा

नयाँ पार्टी दर्ता गर्न जसपा ठाकुर पक्षीय नेताहरु निर्वाचन आयोगमा

  • बुधबार, भदौ २, २०७८
नयाँ पार्टी दर्ता गर्न जसपा ठाकुर पक्षीय नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ– जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आयोगमा अहिले महन्थ ठाकुर, राजेन्द्र महतो सहित थुप्रै नेताहरु पुगेर दल दर्ताको प्रक्रियाबारे परामर्श गरिरहेका छन् । अबको केही बेरमै उनीहरुले नयाँ दल दर्ता गर्ने बुझिएको छ ।
ठाकुर पक्षको पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिने भएको छ । यस्तै चुनाव चिन्ह साइकल हुने भएको छ । पार्टीमा १२ सांसद सहित २४ सदस्यीय केन्द्रीय समिति रहने नेत्री चन्दा चौधरीले बताइन् । जसमा कारागारमा रहेका रेशम चौधरी समेत सदस्य छन् ।

साथै पार्टीमा एकल अध्यक्षको व्यवस्था हुने बताइएको छ । अहिले ठाकुर पक्षका अधिकांश नेताहरु निर्वाचन आयोगमा दल दर्ताका लागि पुगिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेपछि एमाले र जसपा विभाजनका लागि बाटो खुलेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको हो। संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो।

निर्वाचन आयोगको इजलासले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएकाले उनैलाई आधिकारिकता दिएको थियो। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरे। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए।

चर्चामा

सम्बन्धित समाचार