• होमपेज
  • समाचार
  • कञ्चनपुरमा बँदेलको मासुसहित एक जना पक्राउ

कञ्चनपुरमा बँदेलको मासुसहित एक जना पक्राउ

  • बुधबार, भदौ २, २०७८
कञ्चनपुरमा बँदेलको मासुसहित एक जना पक्राउ

धनगढी — कञ्चनपुरमा बँदेलको मासुसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका -५ का ३९ वर्षीय राम साहेब राना बँदेल मार्न प्रयोग गरिएको दुई थान जाल र डेढ किलोग्राम बँदेलको मासुसहित पक्राउ परेका हुन्। लालझाडी सब डिभिजन वन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराती साढे एघार बजे लालझाडी वन क्षेत्रबाट उनलाई पक्राउ गरेको बताइएको छ।

रानालाई वन कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले बताए।

चर्चामा

सम्बन्धित समाचार