
काठमाडौँ — नेपाल प्रहरीको सई हुँ भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। धादिङको थाक्रे गाउँपालिका -२ घर भई हाल सीतापाइला बस्ने २४ वर्षीय गोपाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनले नागार्जुन नगरपालिका -१० की कल्पना गौतमलगायतलाई महानगरीय प्रहरी परिसर काठमाडौंको सिभिल शाखाको सई गोपाल लामा हुँ भनी धम्क्याएको बताइको छ। त्यस्तै बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बझाङ घर भई हाल त्यही ठाउँ बस्ने ३१ वर्षीय सिद्धराज थामीलाई पक्रने भन्दै ३० हजार रुपैयाँ लिएर उनी फरार भएका थिए।
महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौँको कालिमाटीबाट तामाङलाई पक्राउ गरेको हो।
