• होमपेज
  • समाचार
  • १८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

१८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

  • मङ्लबार, भदौ १, २०७८
१८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

मकवानपुरको हेटौंडा उप महानगरपालिका–११ बाट प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट १८ दिन कैद सजायको फैसला तोकिएका ३० वर्षीय श्रीकृष्ण सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए । हेटौंडा उपमहागरपालिका–११ घर भएका सुवेदीलाई अदालतले १८ दिन कैद र २ हजार जरिवाना हुने फैसला गरेको थियो ।

गाँजा मुद्दामा अदालतले कैद र जरिवाना तोकेपछि उनी फरार भएका थिए । सुवेदीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

चर्चामा

सम्बन्धित समाचार