• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा बन्यो कोभिड १९ कार्ययोजना निर्देशिका के के छन् हेर्नुहोस

बाजुरामा बन्यो कोभिड १९ कार्ययोजना निर्देशिका के के छन् हेर्नुहोस

  • सोमवार, साउन ३२, २०७८
बाजुरामा बन्यो कोभिड १९ कार्ययोजना निर्देशिका के के छन् हेर्नुहोस

जंग रावल — बाजुरा जिल्लामा कोभिड १९ सम्बन्धी कार्ययोजना निर्देशिक बनेको छ । बाजुरा जिल्लामा कोराना माहामारीलाई रोकथाम गर्न सो निर्देशिका बनेको हो ।
बाजुरा जिल्लामा कोभिड १९ को तेस्रो लहरबाट कम भन्दा कम प्रभावित होस भन्ने उदेश्यले डिसिसिएमसिको बैठकले निणर्य गरेको छ ।
निर्देशिकामा सम्पुणर् हाटबजार पसल व्यापार व्यावसायी कार्यालय पार्क विद्यालय सवारी साधन चलाउने र स्थानियहरुले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने डिसीसिएमसिको बैठगको निणर्यमा उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ईलाका चौकीमा प्रत्यकलाई कम्तिमा २ सय माक्स उपलब्ध गराउने डिसीसिएमसिको निणर्य गरेको छ । स्थानिय तह तथा सामाजिक संघसंस्थाहरुले चेतनामुलक कार्यक्रम सँगै निसुल्क माक्स वितरण गर्ने,प्रतेक सार्वजनिक इलाकामा माक्स नलगाई हिड्नेलाई १० रुपैयाँ जरिवाना तिराई माक्स उपलब्ध गराउने बुढाबुढी बालबच्चा र अन्य माक्स लगाउनु पर्छ भन्ने चेतना नभएका ब्यक्ति भन्दा बाहेकलाई रु एक सय रुपैयाँ जरिवाना तिराउने समेत निणर्य भएको छ ।
सेवा प्रदायक निकाय सरकारी गैरसरकारी र निजि संस्थाहरुले सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्डका उपाय अपनाउनुुुुु पर्ने अनिवार्य रुपमा माक्स प्रयोग नगर्ने सावारी साधन बैंक बित्तिय सँस्था लगाएत अन्य सेवा प्रदायक निकायलाई संक्रात्मक रोग ऐन २०२० का बमोजिम रु २ हजार देखि ५ हजार सम्म जरिवाना तोकिएको छ ।
जिल्लामा अन्य बाहिरका यातायत साधन बन्द गर्ने होटल रेष्टुडेन्ट समयमा खोल्ने र समय सीमा लागु गर्नुपर्ने डिसीसिएमसिको बैठकको निर्देशनमा प्रस्ट्याएको छ । आगामि भाद्र १ गतेबाट बाजुरा जिल्ला भित्रिने सवारी साधनहरुले बिहान ६ बजेबाट साँझ ७ बजे सम्म मात्र जिल्लामा प्रवेश गर्न पाउने र २ जना सम्म कुरुवा बिरामी गरि ३ जना सम्म बोकेका चारपाङग्रे साना सवारी साधन र एम्बुलेन्स अत्यावश्यक कामको लागि जिल्ला प्रशासन कार्यालयको पुर्व स्वीकृति लिएरहिडेका सवारी साधनमा भने सो समय सिमा लागुनहुने बाताएका छन कुनै मेला जात्रा खेलकुद लगाएत अन्य जात्रामा भिडभाड हुनेकार्य गर्न नपाइने बडिमालिका माताको मन्दिर लागएत अन्य स्थानिय शक्ति पिठहरुमा आगामी असोज सम्म धेरै भिडभाड गर्न नपाईने गरि गरिने र स्थानियहरुमा पुजा मेला उत्सव आयोजना गर्न नपाईने डिसिसिएमसिको बैठग अनुसार प्रस्ट्याइएको छ ।
कोरोना नियन्त्रण भएको बिद्ययालयमा पठन पाठन कार्यहरु सन्चालन चाहने द्यियालयहरुले स्वास्थ्य माफदण्ड अपनाएर बिद्ययालयका प्र.अ र वि.व्य.स का समितिको जिम्मेवारी बताएको छ ।तर कोभिड १९ बढ्न गएमा बिद्ययालयहरु अनिवार्य रुपमा बन्द गर्न सुचना आएमा कुनै वा सबै विद्ययालय बन्द गर्ने निणर्य भएको छ ।
प्रत्येक नाकाहरुमा हेल्थ डेस्क संचालन गरि २/२ जना स्वाथ्य कर्मचारी र २/२ जना प्रहरी कर्मचारी खटाई उक्त कार्य संचालन गर्ने बताएका छन ।

https://doc-14-ag-apps-viewer.googleusercontent.com/viewer/secure/pdf/s2g7gpt3k8svsgkd4dm2jjpu70pcnnln/tqpmfat0qhmec5mqvpq52cvh2ki55qgg/1629126000000/gmail/17361887468396928659/ACFrOgA2sodQ2zFjkAhHq2K1TjUUhJ4pn-B8nEEGNGYtr0MjndvihJOIgXF-3lmkDVt8mTZuiAGpHsbbmTBvWm209eXLeNKNDf63O2Ec6IfUa_uZy7Wdqiyu8NqHgZI=?print=true

चर्चामा

सम्बन्धित समाचार