• होमपेज
  • बडिमालिका
  • बाजुरा बडिमालिका नगरपालिकाका १५ बर्षिय बालक ५ महिनादेखी बेपत्ता

बाजुरा बडिमालिका नगरपालिकाका १५ बर्षिय बालक ५ महिनादेखी बेपत्ता

  • सोमवार, साउन ३२, २०७८
बाजुरा बडिमालिका नगरपालिकाका १५ बर्षिय बालक ५ महिनादेखी  बेपत्ता

बाजुरा — बाजुरा जिल्ला बडिमालिका नगरपालिकाका एक बालक ५ महिनादेखी बेपत्ता भएका छन । बेपत्ता हुनेमा सोही नगरपालिका वडा.न  ६ निवासी कर्ण बडुवालका माइला छोरा १५ बर्षिय कमल बडुवाल रहेका छन । उनी २०७७ फागुन २२ गतेदेखी बेपत्ता भएका हुन ।
उनि आफ्नै घरमा बाख्रा चराएर घर फर्कि नास्ता खाएर बेलुकाको ५ बजेतिर साना बच्चाहरुसँग खेलिरहेको अबस्थामा स्थानियले देखेको र केहि समय पछि उनि त्यहाँबाट बेपत्ता भएको उनका बुवा कणर् बडुवालले बताएका छन । उनका घरपरिवारले खोज्दा हाल सम्म पनि नभेटाएकोे आफन्तले बताएका छन ।
उनि बेपत्ता भएको केहि समयपछि नै गाउँका सबै स्थानियहरुले रातभर खोज्दा उनलाइ कतै पनि नभेटाएको बताएका छन । उनलाई मैनौँ दिनसम्म खोज्दा पनि नपाए पछि उनलाई भारततिर भागेर गएको हुनसक्ने भन्ने संका गरेको छिमेकीको भनाई रहेको छ । उनि हराए देखि आज सम्म कुनै खबर नभए पछि उनि भारततिर पनि गएन कि कतै केहिहुने होकि भन्ने डरले मिडियामा खबर गरेको बेपत्ताका दाईले डम्बर बडुवालले बताएका छन । चैत बैसाख महिनामा बाजुराबाट रोजगारको शिलसिलामा जाँदा उनिहरु सँगै भागेर घरमा नसोधि गएकि भन्ने आसङकाले कुनै प्रहरी कार्यालय र कुनै मिडियामा खवर नगरेको उनका परिवारले बताएका छन ।

उनि भागेदेखि आजसम्म खबर नगरेपछि उनका घरपरिवार भौतारीएर अहिले उनको खोजिका लागि मिडिया सम्म खवर गर्न आएकोे उनका बुवा कणर् बडुवालले बताएका छन । उनलाइ कतै भेटाएकाे खण्डमा नजिककाे प्रहरी वा अापफन्तलाइ खवर गरिदिन उनका बुवाले अनुराेध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार