• होमपेज
  • समाज
  • कर्णाली आंसिक रुपमा थुनियो, सुख्खा पहिरो बग्ने क्रम रोकिएन

कर्णाली आंसिक रुपमा थुनियो, सुख्खा पहिरो बग्ने क्रम रोकिएन

रूडी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा

  • सोमवार, साउन ३२, २०७८
कर्णाली आंसिक रुपमा थुनियो, सुख्खा पहिरो बग्ने क्रम रोकिएन
फाेटाे : लक्ष्मण जाेशि/राेजगार संयाेजक जगन्नाथ

बाजुरा–बाजुराको जुड्डीमा आम्शीक रुपमा कर्णाली नदि थुनिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो आएपछि कर्णालीकाे  केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् ।

No description available.
रुडि गाउँको मुनीबाट दुई तिन देखी निरन्तर सुख्खा पहिरो खस्न थालेको हो । यो समचार तयार पार्दा सम्म पनि पहिरो आइरहेको स्थानियले वताएका छन् । पहिरो खस्न थालेपछि कर्णालीलाइ सागुरो बनाएर केही भाग थुनिएको छ । कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाले निर्माण गरिरहेको खेलकुद मैदान समेत उच्च जोखिममा रहेको छ । त्यस्तै कर्णाली करिडोरको भाग पनि जोखिममा रहेको छ ।

No description available.
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो नदी खसिरेको छ । जगन्नाथ गाउँपालिकाको केन्द्रको पारि पटि पहिरो बग्न थालेपछि गाउँपालिकाको कार्यलय, प्रहरी चौकी लगायतको बस्ति समेत जोखिममा रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ । पानि पनि धेरै आएको छैन्, तर चट्टान नै फुटेर पहिरो आइरहेको छ ।

No description available.
रुडि गाउँको तल बाट यो बर्ष देखी सुख्खा पहिरो आएपनि गाउँको माथि बाट बिगत एक दशक देखी सुख्खा पहिरो आइरहने गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । माथिको पहिरोले सिचाइक कुलो बगाएपछि रुडि बासिले यो बर्ष खेति लगाउन नपाएको अध्यक्ष शाहिले वताए । एकातिर पहिरोको उच्च जोखिममा अर्कोतिर गाउँमा चरम खाद्य संकट पनि उत्पन्न भएको अध्यक्षले वताए ।

No description available.
तिन दिन देखि लगातार पहिरो आउने क्रम जारी रहेकोले स्वामीकार्तिक खापर गाउँपालिका १ जगन्नाथ गाउँपालिका २ र ३ मा कर्णाली तटिय क्षेत्रमा रहेका बस्तिहरु उच्च जोखिममा रहेका छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी मदनजित महराका अनुसार सुख्खा पहिरो निरन्तर आइरहेको वताए । पहिरो आएको ठाउँमा कर्णाली नदिलाइ साघुरो बनाएर आम्शीक रुपमा पानि जम्मा भएको वताए । प्रहरी चौकी त्यहि नजिक रहेको छ, प्रहरीले अपडेट गरिरहेको छ । पहिरो आएपछि कणर्ाली नदिको केही भाग थुनिएर ताल बनेको छ, नदि साघुरो ठाउँमा बगिरहेको वताए ।

No description available.
सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए । गाउँ त बाट कडा चट्टान समेत खस्न तालेपछि माथि रहेको बस्ति निकै जोखिममा रहेको हो ।

No description available.

पहिरो निरन्तर रुपमा खसिरहयो भने जति बेला पनि कर्णाली थुनिएर कणर्ालीको तटीय क्षेत्रका बस्तिहरु निकै जोखिममा हुन सक्ने स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार