• होमपेज
  • समाचार
  • राजदेवी नपा.का मेयर,हाकिम देखि केहि कर्मचारी समेत भ्रष्टाचारमा लिप्त जि. सचिव यादवको आरोप।

राजदेवी नपा.का मेयर,हाकिम देखि केहि कर्मचारी समेत भ्रष्टाचारमा लिप्त जि. सचिव यादवको आरोप।

  • सोमवार, साउन ३२, २०७८
राजदेवी नपा.का मेयर,हाकिम देखि केहि कर्मचारी समेत भ्रष्टाचारमा लिप्त जि. सचिव यादवको आरोप।

मेवालाल यादव/साउन ३१ रौतहट — आज देखी १३ दिन पहिला यस राजदेवी नगरपालिका स्थित मुडबलवा गेट वाट राजदेवी नगरपालिकाको कार्यालय सम्म भ्रष्टाचार बिरुद्ध कडा नाराबाजी का साथ बृहद पद यात्रा रैली प्रदर्शन सहित नगरपालिका को कार्यालय घेराउ गर्दै सुचना को हक अन्तर्गत विभिन्न विवरणहरु को माग राख्दै निवेदन दर्ता गराइएका थियौं यो कुरा सबैलाई अवगत नै छ । १३ दिन बितिसक्दा पनि केहि सुनुवाइ गरेका छैनन् । बीच बीचमा हाम्रो जनमत पार्टी का जिल्ला सदस्य शिवशंरण यादव ज्यूले नगरपालिका गई तगडा गर्दा लेखापाल छैन एक दुई दिन पछि आउनु फेरि एक दुई दिन पछि जाँदा भने पेपर रेडि हुदैछ आइतबार आउनु दिन छु । आजको समय दिइएको थियो निवेदन स्वास्थ्य संयोजक ले बुझेको थिए अनि आज म वहाँलाई नै फोन गरेर सोधे सर हाम्रो पेपर रेडि भयो? वहाँले भन्नुभयो सर लेखापाल कति दिन देखि आइराखेको थिएनन् त्यही भएर समय लाग्यो आज आउनु भएको छ तपाईको पेपर रेडि हुदैछ रेडि भएपछि हामी फोन गरेर जानकारी गराइदिन्छु । अनि केही बारेमा सुचना अधिकारी को फोन आउँछ फोन उठाउदा वहाँले मलाई भन्छ जुन सुचना तपाईले दर्ता गराउनुभएका छ त्यो सुचनाको हकमा तपसिलको १ नं बुँदामा मात्र बर्ष खुलेको छ अरूमा बर्ष खुलेका छैन अनि मैले भने सर १ नं बुँदामा ०७६|०७७ को यस नगरपालिकाको आय व्यय विवरण छ र २,३,४ मा हामीले स्पष्ट लेखेको छु त्यही आधारमा प्रतिलिपि उपलब्ध गराइदिनु । अनि सूचना अधिकारी ज्यूले भन्छन् यस निवेदनमा म केही बुझिरहेका छैन तपाईंको यहाँका मान्छेलाई पठाउनु मैले भने हुन्छ । त्यति खेर त्यहाँका हाम्रो जनमत पार्टी का जिल्ला सदस्य शिवशंरण यादव ज्यूलाई पथाए । त्यस पछि वहाँ संग लेखापाल र सुचनाअधिकारी ज्युहरूले बिभिन्न प्रकारका कुराहरू गर्न थाले अनि वहाँले मलाई फोन गरेर भानु भयो सर एक छिन्को लागि नगरपालिका आउनु पर्‍यो अनि मैले भने ठीक छ सर आइराखेको छु। नगरपालिकामा म र युवा जनमत संघ रौतहट का जिल्ला संयोजक ज्वाला रणविर (बिबेक झा) दुवै जना पुग्दा पहिला लेखापाल संग कुरा गर्दा वहाँको भनाइ म संग मात्र ०७६|०७७ को आय व्यय छन् अरू मलाई केही पेपरको बारेमा जानकारी छैन । अनि हामीले सुचनाअधिकारी संग भेटिन गाय भेट गर्दा वहाँको कुरा सुन्दा अचम्म लाग्छ वहाँले विभिन्न प्रकारका कुराहरू गर्न थाल्यो कुरा हुँदा हुँदै भन्छ म लेखापाल संग सोधेको छु वहाँ संग ०७६|०७७ को आय व्यय बाहेक केही छैन आरू पेपर अरू अरू मान्छे ले राखेको छ अनि म कहाँबाट दिन्छु बरु तपाईले हाकिम साहव, मेयर साहव,योजना प्रमुख ज्यू हरू संग सोध्नु । हामीले भन्यो बहाना बाजी बन्द गर्नु अनि हामीले वहाँलाई फेरी सोधे सुचना अधिकारी ज्यू तपाईँको आफ्नो काम कर्तव्य बारेमा जानकारी गराउनु त हामीलाई जानकारी छैन तपाई को काम कर्तव्य के हो? अनि सुचना अधिकारीले चुप लाग्यो अनि केही बोलेनन्। अनि हामी ले भन्यौ तपाईँलाई मात्र कुर्सीमा बस्न आउँछ यो काम हाम्रो होइन यो काम तपाईको हो हामी केही जान्दैन हामीलाई कहिले पेपर दिनुहुन्छ भने मिति समेत भन्नु या लिखित जवाफ दिनुपर्यो नत्र हामीले अगाडिको प्रोसेस तिर जान्छु । केही न ज्याने सुचना अधिकारी ज्यूले बोल्छ म भोलि देखि सबै पेपरहरू जम्मा गरेर राख्छु तपाईहरू बिहीबार या शुक्रबार आउनु अनि हामीले फेरी बोल्यौ यो दुई दिन मध्ये कुनै एक दिन भन्नु अनि वहाँले भने बिहीबार आउनु दिन्छु । त्यो दिन दिनु पर्यो नत्र लिखित जवाफ दिनको लागि तयार रहनु होला । सुचना को हक अन्तर्गत विभिन्न विवरणहरु को माग राख्दै निवेदन दर्जामा राजदेवी नगरपालिका कार्यालय संग ०७६|०७७ बाहेक कुनै पनिषरेकर्ड नरहेको लेखापाल र सुचना अधिकारी भन्छ ।
यस राजदेवी नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरू देखी लिएर हाकिम अनि कार्यालयका अधिकांश कर्मचारीहरु मिलेर नै ब्रह्मलूट मचाएका छन्। आफ्नो काम कर्तव्य बारे समेत थाहा नरहेका मेयरको आडमा बस्ने यस्ता सूचना अधिकारीलाई तुरुन्तै राजीनामा दिहाल्नु पर्थ्यो ।

चर्चामा

सम्बन्धित समाचार