
काठमाण्डौ — बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाो मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षकी रेनुका कुलुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ।
