बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जगन्नाथ
  • साप्पाटाको छुद्धरीमा सुख्खा पहिरो गयो, कर्णाली नदि थुनिने खतरा

साप्पाटाको छुद्धरीमा सुख्खा पहिरो गयो, कर्णाली नदि थुनिने खतरा

  • आइतवार, साउन ३१, २०७८
साप्पाटाको छुद्धरीमा सुख्खा पहिरो गयो, कर्णाली नदि थुनिने खतरा

बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ रुणीको तल र छुद्दरी गाउँको नजिकै सुख्का पहिरो गएको छ । गाउँको मुनीबाट दुई दिन देखी निरन्तर पहिरो खस्न थालेको हो ।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १, को छुद्ररी नजिकैको भिर फुटेर कर्णालि नदीमा ढुगां,माटो जम्मा भएर कणाली नदी थुनिने सम्भावना रहेको जगन्नाथ गाउँपालिकाका रोजकगार संयोजक लक्ष्मण जोशीले बताएका छन । २ दिन देखि लगातार पहिरो आउने क्रम जारी रहेकोले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको उनले बताए ।
सो पहिरोका कारण रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए ।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि पहिरो निरन्तर पहिरो बगेका कारण कर्णालि नदि थुनीएमा जगन्नाथ गाउँपालिकाको कार्यालय र सोही क्षेत्रमा रहेको प्रहरी चौकी समेत जोखीममा रहने जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक जोशीले बताएका छन । यता जिल्ला प्रहरी कार्यालयका अनुसार पहिराे निरन्तर बगेकाेले  नजिकैका गाउँहरू जाेखीममा रहेकाे जनाएकाे छ । तर कर्णाली नदि थुनिएकाे नभए पनि यसरी निरन्तर पहिराे बग्दा थुनिन सक्ने सम्भावना रहेकाे जनाएकाे छ ।

https://www.facebook.com/laxman.joshi.1466/videos/386964812779837

 

चर्चामा

सम्बन्धित समाचार