• होमपेज
  • समाचार
  • व्यापार हुने समयमा पसल बन्द,व्यापार नहुने समयमा खुला गर्नाले व्यापार चौपटमा पर्यो

व्यापार हुने समयमा पसल बन्द,व्यापार नहुने समयमा खुला गर्नाले व्यापार चौपटमा पर्यो

  • आइतवार, साउन ३१, २०७८
व्यापार हुने समयमा पसल बन्द,व्यापार नहुने समयमा खुला गर्नाले व्यापार चौपटमा पर्यो

अर्थ जङ्ग शाही/बझाङ,साउन ३१ — राति ८ बजेपछि कोरोना सक्रिय हुने होइन । सबै मानिस घरभित्र पसिसकेपछि कोरोनाले सडकमा राज्य गर्ने पनि होइन,भन्दै चैन्पुरका स्थानियबाँसीहरुले प्रशासन प्रति व्यङ्ग्य गरिरहेका छन् ।

बिहानदेखि राति ७ बजेसम्म सर्वसाधारणले जुनसुकैरुपमा आवत–जावत गर्न सक्ने, तर रात परेर सबै सुत्न गएपछि गरिएको लकडाउनको के अर्थ भन्दै प्रश्न उठाउन थालेका हुन् ।

बझाङ्गका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना रोकथामका लागि भन्दै जारी निषेधाज्ञामा ल्याएका केही नियमहरु हाँस्यास्पद भएको भन्दै आलोचना भइरहेको छ ।

कोरोनाबाट थलिएको व्यवसाय राति पनि सञ्चालन हुन दिनुपर्नेमा सरकारले व्यवसायीलाई निरुत्साहित गरिराखेको चैन्पुरका एक व्यवसायीले बडिमालिका खबरलाई लाई बताए । मदिराको व्यापार गर्ने उनले भने ‘हाम्रो व्यापार भनेकै साँझ ६ बजेपछि ८ बजेसम्म बढी हुन्छ, यही बेला हामीले बन्द गर्नुपर्छ।

साँझ ७ बजेपछि सदरमुकाम चैन्पुरमा प्रहरीले सिट्टी फुक्दै पसलहरु बन्द गराउने गरेको छ । बिहानदेखि दिनभरि पसल खोल्न दिने, तर बन्द गर्ने बेला भएपछि प्रहरीले हैरानी दिने गरेको पसल व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् ।

व्यवसायिहरुले व्यवसाय बन्द गर्ने भए दिउसो पनि गर्नुपर्ने र राति बन्द दिउँसो खुलाले व्यवसाय चौपटमा परेको व्यापारीहरुले गुनासो गर्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार