• होमपेज
  • समाचार
  • स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

  • आइतवार, साउन ३१, २०७८
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी — कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका -६ मा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ००१ -००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटना भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार