• होमपेज
  • राजनीति
  • मंसिर ९ गते महाधिवेशन गर्ने काँग्रेसको निर्णय

मंसिर ९ गते महाधिवेशन गर्ने काँग्रेसको निर्णय

  • आइतवार, साउन ३१, २०७८
मंसिर ९ गते महाधिवेशन गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई बताए ।

उनका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेस बैठकले निर्णय गरेको छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने काँग्रेसले निर्णय गरेको छ ।

आसन्न भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो ।

चर्चामा

सम्बन्धित समाचार