• होमपेज
  • समाचार
  • २ वटा मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

२ वटा मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

  • शनिबार, साउन ३०, २०७८
२ वटा मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

धनगढी —  कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना२प ७७२० र पश्चिमबाट पूर्वतर्फ आइरहेको सुप ०१–००१ त २४१० नम्बरको मोटरसाइकल कृष्णपुरको वाणीमा ठोक्किएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनमा परी कृष्णपुरका १९ वर्षीय मनिष बोहरा, १७ वर्षीय रविन्द्र बोहरा, लालझाडी गाउँपालिका–५ बस्ने २४ वर्षीय नविन विष्ट र कृष्णपुर–२ का ३८ वर्षीय लक्ष्मण गिरी घाइते भएका छन्। सामान्य घाइते सबैको वाणीस्थित एक मेडिकलमा उपचार भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार