• होमपेज
  • समाचार
  • टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

  • शनिबार, साउन ३०, २०७८
टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ । साइकल यात्रीको दुर्घटनामा परि मृत्यू भएपछि आक्रोशित स्थानीयवासीले टिपरलाई नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी समेत गरेका छन् । टिपरको ठक्करबाट शुक्रबार लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयवासीले मृतक महतोको शव राजमार्गमा राखेर आन्दोलन गरेका हुन् । स्थानीयवासी तोडफोडमा उत्रिन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । त्यसलगत्तै नवलपुर बजार क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप भएको हो । प्रहरीले भिडलाई तितरवितर पार्नका लागि ४ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको सर्लाहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

महतोले चलाइरहेको साइकल अनियन्त्रित भई राजमार्गमा लडेको र टिपरको पछाडिको चक्काले उनलाई किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार