• होमपेज
  • समाचार
  • अफिमसहित एक जना पक्राउ

अफिमसहित एक जना पक्राउ

  • शनिबार, साउन ३०, २०७८
अफिमसहित एक जना पक्राउ

किमाथाङ्का — सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए।

प्रहरी टोलीले चापागाईँको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ।

चर्चामा

सम्बन्धित समाचार