• होमपेज
  • समाचार
  • बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

  • शनिबार, साउन ३०, २०७८
बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय निकृष्टराम परियार (नाम परिवर्तन) लाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । यो घटनाले नयाँ पुस्ता सामाजिक मूल्य मान्यताभन्दा बाहिर जान लागेको पुष्टि गरेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार