• होमपेज
  • समाचार
  • चीनमा अत्याधिक वर्षा : थप २१ जनाको मृत्यु

चीनमा अत्याधिक वर्षा : थप २१ जनाको मृत्यु

  • शुक्रबार, साउन २९, २०७८
चीनमा अत्याधिक वर्षा : थप २१ जनाको मृत्यु

चीनको मध्य भागमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू चारजना हराइरहेका अधिकारीहरुले जनाएका छन् ।

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार