• होमपेज
  • समाचार
  • चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

  • शुक्रबार, साउन २९, २०७८
चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

वीरगञ्ज — प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् ।

उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार