• होमपेज
  • समाचार
  • जम्मू : भाजपा नेताको घरमा ग्रिनेड हमला, एकको मृत्यु

जम्मू : भाजपा नेताको घरमा ग्रिनेड हमला, एकको मृत्यु

  • शुक्रबार, साउन २९, २०७८
जम्मू : भाजपा नेताको घरमा ग्रिनेड हमला, एकको मृत्यु

स्वतन्त्रता दिवसको ठीक एक दिनअघि जम्मू–कश्मीरको राजौरी जिल्लामा भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला भएको छ । बिहीबार राति भएको यस हमलामा उनको भतिजको मृत्यु भएको छ । परिवारका अन्य सात सदस्य गम्भीर रुपमा घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार भाजपा नेताको घरको पहिलो तलाको बरन्डामा राति करिब साढे ९ बजे ग्रिनेड हमला भएको थियो । उनको घर खाँडली पुल नजिक रहेको छ । प्रारम्भिक जाँचमा प्रहरीलाई घटनास्थलबाट ग्रिनेडको पिन बरामद भएको छ ।

घटनामा जसवीर सिंहसहित उनका भाइ बलवीर सिंह, आमा–बुवा र परिवारका अन्य सदस्य घाइते भएका छन् । हमलाको समय उनको पुरा परिवार बरन्डामा एकसाथ बसिरहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार