शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • हृदयघात भएर काँग्रेस बाजुराका यूवा नेता गिरीको निधन

हृदयघात भएर काँग्रेस बाजुराका यूवा नेता गिरीको निधन

  • शुक्रबार, साउन २९, २०७८
हृदयघात भएर काँग्रेस बाजुराका यूवा नेता गिरीको निधन

बाजुरा — नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य विनोद गिरीको हृदयघात भएर निधन भएको छ । एक्कासी भएको हृदयघातपछि शुक्रबार बिहान गिरीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहान मात्रै घरबाट कोल्टी बजार गएका र असहज महसुश भएपछि उनी लुम्बिनी होटल पछाडीको मकैबारीमा पल्टेको अबस्थामा फेला पारेका नेविसंघका नेता रविन्द्र रोकायाले बताए । उनको अवस्थाको जानकारी पछि केही समयपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दागर्दै उनको मृत्यु भएको बिद्यार्थी नेता रोकायाले बताए । नेपाली काँग्रेस बाजुराका होनाहार युवा नेता गिरीको निधनपछि नेपाली काँग्रेस बाजुराले पार्टीमा अपुरणिय क्षती भएको बताउँदै समवेदना प्रकट गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार